१६ बैशाख २०८१, आईतवार
अपाङ्ग महिलालाई बलात्कार गरी फरार भएका बोहरा पक्राउ
  • काँचुली खबर

२९ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबर्जस्तीकरणी गरी फरार भएका एक ब्यक्तलिाई पक्राउ गरेको छ ।

शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जर्बजस्तीकरणी गरी फरार भएका गोदावरी नगरपालिका ५, नहरटोल कैलालीका ३९ वर्षीय गोविन्दप्रसाद बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार बोहराले ती महिलालाई उपचार गरिदिने निहिमा पटक-पटक जबर्जस्तीकरणी गरेका थिए ।

बोहराले ती महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफूसँग भएको र औषधी उपचार गराई पूर्णरुपमा निको पारिदिने तथा बिहे समेत गर्ने प्रलोभन देखाएका थिए ।

कोहलपुर नगरपालिका-२ मनकामना चोक नजिक कोठा लिई पटक-पटक जबर्जस्तीकरणी गरेको र उक्त कुरा अरु कसैलाई भनेमा झारफुक गरेर भस्म गराइदिने भनी डरत्रास देखाएको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए ।

बोहरालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत्त स्वयम्भुको सहयोगमा काठमाडौंको नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट पक्राउ गरि कोहलपुर ल्याएको कोहलपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका बोहरालाई बाँके जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने आदेश अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रनाउ तिवारीले जानकारी दिए ।

  • २९ माघ २०८०, सोमबार १८:१३ प्रकाशित
  • Nabintech