१६ बैशाख २०८१, आईतवार
सेनामा भर्ति गराईदिने भन्दै रकम ठगी गर्ने थापा पक्राउ
  • काँचुली खबर

२८ माघ, काेहलपुर । नेपाली सेनामा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले पक्राउ गरेको छ ।

नेपाली सेनामा भर्ती गराइदिने भनी ४ लाख रकम लिएर फरार रहेका सुरेश कुमार थापालाई प्रहरीले यहि माघ २५ गते सुर्खेतबाट पक्राउ गरेको हो । गत असार १५ गते काेहलपुरका दुई जनालाई नेपाली सेनामा भर्ती गराइदिन्छु भनी चार लाख रकम ठगी गरेर थापा फरार भएका थिए ।

दैलेखकाे भगवती गाउँपालिका वडा नम्बर ७ तप्लुङका ३० वर्षीय थापाले कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क नजिकै बस्ने बालकुमारी टमटा र गोविन्द बिकसँग रकम लिई ठगी गरेकाे उजुरी परेपछि उनलाई पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख सुन्दर तिवारीले बताए ।

थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपीराबाट माग २५ गते पक्राउ गर्न सफल भएको तिवारीले जानकारी दिए ।

थापालाई बाँके जिल्ला अदालतबाट ७ दिनको हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताएका छन् ।

  • २८ माघ २०८०, आईतवार ०८:१६ प्रकाशित
  • Nabintech