२७ बैशाख २०८१, बिहीबार
आगलागीमा परी मुगुमा दाजु-बहिनीको मृत्यु
  • काँचुली खबर

२२ माघ, सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ । खत्याड गाउँपालिका-२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए ।

लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ । लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत छन् ।

लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् ।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

  • २२ माघ २०८०, सोमबार १७:३९ प्रकाशित
  • Nabintech