६ जेष्ठ २०८१, आईतवार
होस्टेल जाँदै गरेकी छात्रामाथि तुलसीपुरमा सामुहिक बलात्कार
  • काँचुली खबर

२२ माघ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित गैरागाँउ नर्सरीमा एक जना छात्रालाई सामुहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

घरबाट स्कुलको होस्टेल जान लागेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्रालाई फकाएर शनिबार बेलुकी तुलसीपुर-११ गैरागाँउ नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर-१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का एक युवालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

शुक्रबार घर गएर शनिबार होस्टेल फर्किने क्रममा बलात्कार भएको जाहेरी पश्चात् उनीहरुमध्ये एक जनालाई शनिबार र अर्कालाई आइतबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • २२ माघ २०८०, सोमबार १७:२९ प्रकाशित
  • Nabintech