१६ बैशाख २०८१, आईतवार
सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ
  • काँचुली खबर

१८ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि ठाकुरलाई पक्राउ गरेको सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

सीआईबीले यो प्रकरणमा सीजी चाँदबाग कम्पनीका सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

  • १८ माघ २०८०, बिहीबार १७:१५ प्रकाशित
  • Nabintech