४ जेष्ठ २०८१, शुक्रबार
प्रधानमन्त्रीको सचिवालयबाट १३ जना कर्मचारी हटाइयो
  • काँचुली खबर

२ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् । माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले जनाएका छन् । यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए ।

419715141_888184606014057_7471217536960850956_n

  • २ माघ २०८०, मंगलवार १४:०० प्रकाशित
  • Nabintech