१९ बैशाख २०८१, बुधबार
हनीक्रीपर : आधा शरीर भाले, आधा शरीर पोथी भएको “अतिदुर्लभ चरा”
  • काँचुली खबर

एजेन्सी । अङ्ग्रेजीमा “ग्रीन हनीक्रीपर” भनिने “क्लोरोफेनेस स्पिट्सा” प्रजातिको चरा जताततै फेला पर्न सक्छ। तर उनले देखेको चरा भने नितान्त भिन्न थियो।

त्यो चराको देब्रेपट्टिको प्वाँख हरियो थियो। उक्त प्रजातिका पोथी चरामा मात्र हरियो प्वाँख हुन्छ। दाहिनेपट्टिको प्वाँख भने भालेमा मात्र हुने खालको नीलो थियो।

मूरीयोले आफूले देखेको कुरा न्यूजील्यान्डस्थित यूनिभर्सिटी अफ ओटागोमा जीवशास्त्र प्राध्यापन गर्ने हमिश स्पेन्सरलाई बताए। चराचुरुङ्गीमा रुचि राख्ने स्पेन्सर क्रमविकासअनुवंशशास्त्री हुन्।

“त्यो निकै रोचक थियो। अधिकांश पक्षी अवलोकनकर्ताहरूले पूरै जीवनमा एउटै शरीरमा भाले र पोथी भएको चरा देख्न पाउँदैनन्। जोनले पत्ता लगाएको कुराबाट मैले लाभान्वित हुन पाएँ,” प्राध्यापक स्पेन्सरले भने।

स्पेन्सर त्यति बेला बिदा मनाउन कोलम्बिया गएका थिए।

स्पेन्सरका अनुसार भाले र पोथी दुवै थरी गुण एउटै पक्षीमा देखिएको अवस्था “स्त्रीपुंरुपता” चराचुरुङ्गीमा निकै दुर्लभ हुन्छ।

उनी आफ्नो देश न्यूजील्यान्डमा त्यस्तो कुनै पक्षी पत्ता लागेको आफूलाई थाहा नभएको बताउँछन्।

निकै दुर्लभ

“बाइल्याटरल गाइन्यान्ड्रोमर्फी (द्विपार्श्वीय स्त्रीपुंरूपता) हुँदा जीवको एउटा भागले भालेको गुण र अर्को भागले पोथीको गुण देखाउँछन्।”

“जर्नल अफ फील्ड ओर्निथोलजी”मा प्रकाशित एउटा आलेखमा प्राध्यापक स्पेन्सरले उक्त चराबारे लेखेका छन्। जोन मूरीयोसहित अरू विज्ञहरू पनि उक्त आलेखमा सहलेखक हुन्।

स्त्रीपुंरूपताको उदाहरण “धेरै पशुहरूमा, प्रायः लैङ्गिक रूपमा द्विरूपी पशुहरूमा” भएको पाइन्छ।

सय वर्षको अभिलेख अनुसार उक्त चराको प्रजातिमा भाले र पोथी एउटै शरीरमा पत्ता लागेको यो दोस्रो पटक हो।

“भाले र पोथी भिन्नाभिन्नै हुने प्रजातिमा एउटै शरीरमा भाले र पोथीको गुण भएका जीव भेटिनु लिङ्ग पहिचान र पक्षीहरूको यौनव्यवहारबारे हाम्रो बुझाइका लागि महत्त्वपूर्ण छ,” यूनिभर्सिटी अफ ओटागोबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ।

“द्विपार्श्वीय स्त्रीपुंरूपता (आधी भाग भाले र आधी भाग पोथी) को यो उदाहरणले अरू प्रजातिमा जस्तै चराको एउटा भाग भाले वा पोथी हुन सक्छ।”

एउटै शरीरमा भाले र पोथी कसरी ?

“चराहरूमा लैङ्गिक भिन्नता देखाउने प्वाँखको रङ्ग होर्मोनका कारण नभई नजिकै हुने कोशहरूभित्र हुने क्रोमजोमको संरचनाले निर्धारण गर्छ,” स्पेन्सरले भने।

पुतलीसहित विभिन्न कीटपतङ्ग, गँगटोजस्ता जीव, माकुरा, छेपारा अनि मूसा, लोखर्के र दुम्सीजस्ता “रोडन्ट” वर्गका जीवमा पनि स्त्रीपुंरूपता पत्ता लागेको छ।

“पोथीले डिम्ब उत्पादन गर्ने क्रममा कोश विभाजित हुँदा देखा पर्ने त्रुटि र त्यसपछि दुइटा शुक्राणुबाट डिम्ब निषेचित हुँदा” त्यस्तो अवस्था उत्पन्न हुने स्पेन्सर बताउँछन्।

  • २० पुष २०८०, शुक्रबार १४:४५ प्रकाशित
  • Nabintech