१४ बैशाख २०८१, शुक्रबार
कांग्रेस निकट तरुण दलका नेता पेस्तोल र खुँडासहित पक्राउ
  • काँचुली खबर

नवलपरासी– नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका जिल्ला नेता पेस्तोलसहित पक्राउ परेका छन् । तरुण दल नवलपरासी जिल्ला कमिटीका सदस्य किशोर आचार्य गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् । तरुण दलका नेता प्रहरीको सवारी चेकिङका बेला आइतवार साँझ बर्दघाटबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

स्थानीय स्तरमा ठेका–पट्टाको काम गर्ने आचार्य गुण्डागर्दीमा समेत संलग्नता रहेको आरोप लाग्ने गरेको छ । आइतवार उनी बा ९ च ९९६ नम्बरको गाडीमा पेस्तोल र खुँडा बोकेर हिँडेको अवस्थामा पक्राउ परेका हुन् । उनको साथबाट मेड इन यूएस लेखिएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलको म्यागेजिन भने खाली रहेको प्रहरीको भनाइ छ ।

  • ७ श्रावण २०७५, सोमबार १२:१० प्रकाशित
  • Nabintech