८ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको जन आस्था बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा तथा अधिवेशन आईतबार कोहलपुर स्थित प्रबुद्ध जेष्ठ नागरिक दिवा सेवा केन्द्रको सभा हलमा सम्पन्न भएको छ ।
साधारण सभाको बन्द शत्रले बिनोद कुमार सामन्तलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।
एक सदस्य पछि थप हुनेगरी निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा दिल कुमारी चौधरी, सचिवमा हर्क बहादुर शाहि, कोषाध्यक्षमा सनत कुमार रेग्मी तथा सदस्यहरुमा अमृता वलि, शरद कोईराला, मञ्जु कोईराला र लेखनाथ पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत हुमहरी प्रसाद भट्टराईले बताए । यसैगरी लेखा समिती संयोजकमा बिश्व भण्डारी र सदस्यहरुमा हरी पौडेल तथा कल्पना तिमिल्सेना निर्वाचित भएका छन ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ आयोजित साधारण सभा संस्थाका अध्यक्ष विष्णु प्रसाद वेल्वासेको अध्यक्षता एवं प्रबुद्ध जेष्ठ शेयर सदस्य ज्ञान बहादुर खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाका प्रबन्धक प्रमोद रिजालले बताएका छन ।
आर्थिक बर्ष २०७९/८० को संस्थागत प्रगति प्रतिबेदन पेश गर्दै संस्थाका अध्यक्ष वेल्वासेले साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने गरी सहकारीले लगानिमैत्रि वातावरण तयार पारेको उल्लेख गर्दै विपन्न सदस्यहरुको पहिचान गरी उनीहरुको उत्थानका निम्ति विशेष प्याकेजमा कार्यक्रमहरु तय गरिएको बताए । जेष्ठ नागरिक सुहाउदो ब्यवसाय प्रर्बद्धनमा सहयोग पुग्ने गरी सहकारीले जेष्ठ नागरिक सापटि तथा भत्ताको समेत ब्यवस्थापन गर्ने गरि कार्य योजना अघि सारेको उल्लेख गरे ।
संस्थाको आय ब्याय प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत विनोद कुमार सामन्तले यो अबधिसम्म संस्था आईपुग्दा ४ सय साठी जना शेयर सदस्य मार्फत २७ लाख शेयर पुजि जिर्माण गरी ७६ लाख बचत संकलन गर्न सफल भएको उल्लेख गर्दै कृषितर्फ ९७ लाख र ब्यापार ब्यवसाय तथा धितोमा आधारित कर्जा ५० लाख गरी कुल १ करोड ४७ लाख कर्जा लगानिमा रहेको उल्लेख गरे ।
बचत संकलन र सदस्य निर्माणलाई गुणस्तरीयकरण गर्दै कम्प्युटर प्रणालीबाट लेखा राख्दै आएको सहकारीमा ५ जना कर्मचारी कार्यरत रहेका छन भने सहकारीमा २०औं वर्ष देखि बाणिज्य बैंक तथा लघु बित्त बैंकमा कार्यरत सञ्चालक तथा कर्मचारी रहेको प्रमुख कार्यकारी अधिकृत सामन्तको भनाई रहेको छ ।
संस्थाका सञ्चालक मञ्जु कोईरालाको स्वागत मन्तब्यसंगै शुभारम्भ गरिएको कार्यक्रममा समाजसेवी तथा शेयर सदस्य हरि प्रसाद पौडेल, हुमहरी प्रसाद भट्टराई लगाएतका ब्यक्तित्वले संस्थाको थप प्रगतिको कामना गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेज प्रसाद भण्डारीले गरेका थिए ।
८ पुष २०८०, आईतवार १४:५० प्रकाशित