२७ मंसिर, नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं. ६ मा ३५० जनालाई निस्सा बितरण गरिएको छ ।
मगलबार राष्ट्रिय भुुमि आयोग बाँकेको अगुवाईमा जानकी गाँउपालिका वडा नं. ६ का दलित भुमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोवासीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी निस्सा बितरण गरिएको हो ।
बाँकेको जानकी गाऊँपालिकामा वडा नं. ६ बाट जानकीमा पहिलोपटक भुमि सम्बन्धिको कार्यको सुरु गरिएको राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवले जानकारी गराए । अध्यक्ष यादवका अनुसार जानकीका पुरै वडामा यथासिघ्र कामको सुरुवात गरी पुर्जा दिईनेछ ।
राष्ट्रिय भुुमि आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले केही कर्मचारी र प्राविधिकको अभावका बिचबाट पनि आयोगले आफ्नो कामलाई अगाडी बढाउदै लगेको बताए ।
उनले भुुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा दिई उनिहरुलाई आफ्नो जग्गाको मालिक बनाउने सरकारको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।
जानकी गाँउपालिकामा पहिलो पटक सुरुगरीएको निस्सा बितरण कार्यक्रममा जानकी गाऊँपालिका अध्यक्ष छब्वन खाँन, ६ नं. वडाका वडाध्यक्ष जगदिश हरिजन, राष्ट्रिय भुमि आयोग बाँकेका सदस्यहरु मिना सिग्देल, भगवती अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
२७ मंसिर २०८०, बुधबार १३:३७ प्रकाशित