ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ, नक्कली सर्टिफिकेट बनाएको आरोप
  • काँचुली खबर

२६ मंसिर, काठमाडौँ । नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार गहतराजलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गहतराजलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको हो । उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो ।

गहतराजले महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात किर्ते गरेको आरोप छ । गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।

  • २६ मंसिर २०८०, मंगलवार १७:५२ प्रकाशित
  • Nabintech