फर्जि कागज बनाएर राष्ट्रिय अनुसन्धानकाे जागिर, एक जना पक्राउ
  • काँचुली खबर

२२ मंसिर, नेपालगन्ज । राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिने भन्दै ठगी गर्ने एक जना नेपालगन्जबाट पक्राउ परेका छन । राष्ट्रिय अनुसन्धानकाे फर्जि कागज बनाएर ठगि गर्ने नेपालगन्ज-२२ नहरपुर्वा निवासी फहद खाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी प्रदिप बर्मालाई सरकारी छाप र कागज किर्ते गरेर राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तीपत्र दिएकाे आराेपमा खाँ पक्राउ परेका हुन ।

आफुलाई दिइएको नियुक्तीपत्र नक्कली भएकाे थाहा पाएपछि बर्माले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका थिए । खाँले सरकारी जागिर खुवाए वापत बर्मासँग नगद २६ हजार समेत लिएकाे प्रहरीले जनाएकाे छ । नियुक्ति पत्र बुझिसकेपछि  बर्माले राष्ट्रिय अनुसन्धानका लागि फिल्डमा खटिएर काम समेत गरेकाे तर एक महिनापछि तलब माग्दा खाँ सम्पर्कमा नआएपछि घटनाकाे रहश्य खुलेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिने भन्दै ठगी गर्ने खाँ अन्ततः प्रहरीको फन्दामा परेका छन् । आरोपी खाँलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए ।

‘कोही कसैले कसैलाई राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिन्छु भनी ठगी गरेको जानकारी पाएमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन समेत यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ,’ जिप्रका बाँकेद्धारा जारी नोटमा भनिएको छ । आरोपी खाँले जागिर लगाईदिन्छु भन्दै अन्य ब्यक्तीलाई पनि ठगेको हुन सक्ने बाँके प्रहरीको आशंका छ ।

  • २२ मंसिर २०८०, शुक्रबार २१:०० प्रकाशित
  • Nabintech