२२ मंसिर, काेहलपुर । बाँकेको कोहलपुरमा द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा आएको छ । शुक्रबार पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रिबन काटेर द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टरको उद्घाटन गरेका छन ।
कार्यक्रममा बोल्दै अथकले व्यापार ठप्प भई आर्थिक अभाबका कारण सटरहरु बन्द गरेर बसेका व्यपारीहरुलाई द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा ल्याउनुले थप प्रेरणा थपिने बताए । उनले द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टरले स्थानियवासीलाई शुलभ गुणस्तरिय सेवा प्रदान गर्ने विश्वास ब्यक्त गरे ।
लामो समय सटिङ सुटिङका क्षेत्रमा अनुभवी सेन्टरका प्रोप्राईटर शालिकराम नगबाग र मोहित परियारलाई पुर्ब मन्त्रीले बधाई तथा व्यवसाय सफलताको शुभकामना समेत दिएका थिए ।
प्रोप्राईटर नगबागका अनुसार न्यू स्टायल टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर नाम रहेको टेलर्स नेपालगन्ज र कोहलपुरमा समेत रहेको बताउदै द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर कोहलपुरमा तेस्रो शाखा रहेको जानकारी गराए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सटिङ सुटिङको सम्पुर्ण काम दक्ष कालीगढबाट प्रदान गरिने भएको हुनाले गुणस्तरिय सेवा प्रवाह गरिने प्रोप्राईटर मोहित परियारले जानकारी गराए ।
सेन्टरको उद्घाटन कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महाँसंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, सचिब रुपलाल परियार, महासंघ लुम्बिनी प्रदेश संयोजक सुरेन्द्र परियार, नेपाल दलित मुक्ति अभियानका उपाध्यक्ष तुलसिराम बिश्वकर्मा, घरेलु महासंघका केन्द्रिय सदस्य सेराकान्त शर्मा समाजसेवी, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
२२ मंसिर २०८०, शुक्रबार १८:४४ प्रकाशित