रामजानकी स्कुलद्धारा भूकम्पपीडित बालबालिकालाई छात्रवृत्ति घोषणा
  • काँचुली खबर

२१ मंसिर, कोहलपुर । जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको रामजानकी माध्यमिक विद्यालयले भूकम्पपीडित बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति व्यवस्था गरेको हो । जाजरकोट केन्द्रबिन्दु भएर एक महिनाअघि गएको भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने निर्णय भएको विद्यालयका निर्देशक दिनेश सिग्देलले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

निर्देशक सिग्देलले भने, ‘भूकम्पबाट धेरै बालबालिकाले अभिभावक गुमाएका कारण त्यसको असर बालबालिकामा नपरोस् भनेर विद्यालयका तर्फबाट थोरै भए पनि सहयोग गर्न खोजेका छौँ ।’

भूकम्पमा परी आमा गुमाएकी स्मारिका शाहीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने जिम्मेवारी लिएको उनले बताए । स्मारिकाका लागि शैक्षिक सामग्री समेत उपलब्ध गराइएको छ । जाजरकोट भेरी नगरपालिकामा विद्यालय शिक्षक रहनुभएकी स्मारिकाकी आमा शोभा शाहको भूकम्पमा परी निधन भएको थियो ।

विद्यालयका अनुसार हाल स्मारिकालाई कक्षा ५ मा भर्ना गरिएको छ । सोही घटनामा अभिभावकविहीन हुनुभएका थप बच्चालाई पनि निःशुल्क छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

  • २१ मंसिर २०८०, बिहीबार १४:२० प्रकाशित
  • Nabintech