१५ बैशाख २०८१, शनिबार
बाँकेका पुरुषमा बन्ध्याकरण गरे कमजोर हुने मिथ्या (भ्रम) कायमै
  • काँचुली खबर

२० मंसिर, नेपालगन्ज । बाँकेमा पुरुषको तुलनामा महिलाले स्थायी परिवार नियोजन गर्ने गरेको पाईएको छ । स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा सञ्चालन गरेको घुम्ती बन्ध्याकरण शिविरमा बन्ध्याकरणको सेवा लिन अधिकाशं महिलाहरु आउने गरेका छन ।

अहिलेसम्म तीन ठाउँमा गरिएको बन्ध्याकरण शिविरमा ३७ जना महिला र पाँच जना पुरुषले सेवा लिएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलर्पन देवनारायण उपाध्यायले जानकारी दिए । राप्तीसोनारी अस्पताल, बैजापुरमा १४ जना महिला र एक पुरुष, गंगापुरमा ८ जना महिला र तीन पुरुष, आधारभूत स्वास्थ्य केन्द्र राप्तीसोनारीमा १५ जना महिला र एक जना पुरुषले बन्ध्याकरण गरेका छन् ।

बन्ध्याकरण गरे कमजोर भइने भ्रमका कारण महिलालाई पठाउने प्रचलन अझै कायम रहेको फोकल पर्सन उपाध्यायले बताए । बाँकेमा विगतदेखि मिनिल्याप हुने गरेको तथ्याङ्क भेटिएको छ । पुरुषले भ्यासेक्टोमी अति नै कम गर्छन् ।

फोकलपर्सन उपाध्यायका अनुसार पुरुषले बाहिर गएर काम गर्नुपर्छ, अप्रेसन गर्दा कमजोर हुन सक्छ भन्ने मानसिकताका कारण महिलालाई बन्ध्याकरण गर्न दवाव दिने गरेको पाईएको हो । महिलालाई भन्दा पुरुषलाई बन्ध्याकरण गर्न सहज हुने र तन्दुरुस्ती पनि पुरुष छिटो हुने फोकलपर्सन उपाध्यायले बताए । पहाडी बस्तीहरुको तुलनामा थारु बस्तीहरुका महिलालाई पठाउने प्रचलन बढी रहेको छ ।

स्वास्थ्य कार्यालयले मंसीर १४ गतेदेखि पुष २ गतेसम्म जिल्लाका आठ पालिकाको दश ठाउँमा बन्ध्याकरण शिविर सञ्चालन रेपनि शिविरमा उत्साहजनक सहभागिता देखिएको छैन । अस्थायी साधनको बढ्दो प्रयोगले पनि बन्ध्याकरण धेरै नभएको आंकलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले गतवर्ष संचालन गरेको शिविरमा १ सय ६६ जनाले बन्ध्याकरण गराएका थिए ।

खबरकुराबाट

  • २० मंसिर २०८०, बुधबार १८:०१ प्रकाशित
  • Nabintech