१५ बैशाख २०८१, शनिबार
काेहलपुरका ८ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
  • काँचुली खबर

१९ मंसिर, कोहलपुर ।  काेहलपुरमा ८ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा काेहलपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा रुद्रा खड्का, मन कुमारी नेपाली, पार्वती चौधरी, कुश्मा खटिक, तारादेवी थापा, गंगा पुन, विष्णु वली र डिलकुमारी डाँगी रहेका छन ।

दिवसकै अवसरमा ६० वर्ष उमेर पूरा गरेकी महिला स्वास्थ्य स्वयंसेविका सोकारी थारुलाई दोसल्ला ओढाएर विदाइ गरिएको छ । उनी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत रहँदै आएकि थिईन । थारूलाई नगरपालिकाले ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

नगर स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्ने सहभागिहरुले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताए ।

उनीहरुले महिला स्वास्थ्य स्वयंसेविका विना स्वास्थ्य क्षेत्रमा अपेक्षित सम्भव नहुने बताए । जेष्ठ महिला स्वास्थ्य स्वयंसेविका नीला खड्काको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, सामाविक विकास संयोजक इश्वरी प्रसाद विक, आर्थिक विकास संयोजक अनिता बुढा लगायतले महिला स्वास्थ्य स्वयंसेविकाको लगावका कारण कोहलपुर क्षेत्रमा स्वास्थ्यको पहुँच आमनागरिकले प्राप्त गरेको बताएका थिए ।

कार्यक्रम अघि कोहलपुरमा प्रभातफेरि गरिएको थियो ।

  • १९ मंसिर २०८०, मंगलवार २०:४३ प्रकाशित
  • Nabintech