१५ बैशाख २०८१, शनिबार
एनसेल खरिदबिक्री प्रकरणकाे छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
  • काँचुली खबर

१९ मंसिर, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिदबिक्री नभएको बताए । उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताए ।

उनले भने, ‘एनसेलको शेयर खरिद बिक्री बारेमा जे जति कोणबाट प्रश्नहरु उठेका छन्, यी गम्भीर र जायज छन् । यसका बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सूक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्छ र यो विषयलाई देश र जनताको हितमा कानुन बमोजिम गर्नुपर्छ भन्ने निष्कर्ष भएको छ । मन्त्रीपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ । सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ ।’

प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रीपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म पुगेर छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताए ।

  • १९ मंसिर २०८०, मंगलवार १९:४० प्रकाशित
  • Nabintech