१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनको अध्यक्षमा चिरञ्जीवी ओली
  • काँचुली खबर

नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनको अध्यक्षमा चिरञ्जीवी ओली सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न भएको एशोसियनको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
ओली यसअघिको कार्यसमितिमा महासचिव थिए । एशोसियनको उपाध्यक्षमा प्रमोद कुमार गुप्ता, महासचिवमा बिष्णु जोशी, सचिवमा थम प्रकाश कंंडेल र कोषाध्यक्षमा डम्बर बहादुर चन्द सर्बसममत निर्वाचित भएका छन् । यस्तै सदस्यमा पंकजकुमार गुप्ता, उमेशकुमार कौशधन, प्रचण्ड जिसी, सुमन खरेल, सुवास न्यौपाने, प्रिया गुप्ता, ताराकेशर खत्री र अब्दु वाहिद सिद्धिकी रहेका छन् ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायत सरोकारवाला निकायका अगुवाहरुले स्वस्थ्य व्यवसायीक प्रतिस्पर्धामा जोड दिएका थिए ।

  • ५ श्रावण २०७५, शनिबार २१:५७ प्रकाशित
  • Nabintech