१५ बैशाख २०८१, शनिबार
देउसी-भैलोमा जम्मा भएको रकमबाट असहायलाई सहयोग
  • काँचुली खबर

१२ मंसिर, कोहलपुर । नगरस्तरीय युवा क्लब संजालले कोहलपुर ११ मा रहेको निल सागर बाल आश्रमलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक सुरक्षा र सचेतनाका लागि निर्मित देउसी भैलो समुहबाट संकलन गरेको रकमले उक्त सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष रमेश वरले बताए । उनले परम्परा संस्कृति जोगाउन, सामाजिक सुरक्षाका लागि सचेनता फैलाउन खेलिएको देउसी भैलोबाट उठेको रकमलाई सहि सदुपयोग गनएकालागी सामाजिक कार्यमा हातेमालो गर्दै असहाय बालबालिका र वृद्धहरुलाई सहयोग गरेको बताए ।

दाल, चामल, तेल, नुन, दिउँसोको खाजा त्यसैगरी किशोरी र महिलाका लागि सेनेटरी प्याड, डस्ना र कपडा लगायतका १५ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको वरले जानकारी दिए ।

कोहलपुर नगरस्तरीय र वडास्तरीय क्लबको समायोजनमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो ।

सबैसँग सदभावको सम्बन्ध कायम गर्ने र सबैलाई समान व्यबहार गर्दै आश्रममा रहेका अनाथ बालबालिका, जेष्ठ नागरिक र मानसिक सन्तुलन गुमाएकाहरुलाई थोरै भएपनि खुसी दिनलाई यो सहयोग गरेको उनले बताए । यसअघि पनि क्लबले सामाजिक कार्य गर्दै आइरहेको अध्यक्ष वरले जानकारी दिए ।

  • १२ मंसिर २०८०, मंगलवार १४:५५ प्रकाशित
  • Nabintech