२८ श्रावण २०७९, शनिबार
डा. केसीको समर्थनमा बाबुरामसँगै सुशीला कार्की र मनिषा कोइराला सडकमा
  • काँचुली खबर

काठमाडौं – आमरण अनसनरत डा। गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ । सोलिडारिटी फर डा। केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडीसँगै देखिएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सत्याग्रही डा। गोविन्द केसीको माग पुरा गर’, हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा। केसीको साथमा’, डा। केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन् ।

  • ५ श्रावण २०७५, शनिबार १४:०५ प्रकाशित
  • Nabintech