२७ बैशाख २०८१, बिहीबार
मृत अवस्थामा भेटिए मन्त्रीका अंगरक्षक
  • काँचुली खबर

२१ कात्तिक, हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत अवस्थामा फेला परेका छन् ।

मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले अंगरक्षक प्रहरी सहायक निरीक्षक सुवेदी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

  • २१ कार्तिक २०८०, मंगलवार १४:५६ प्रकाशित
  • Nabintech