७ जेष्ठ २०८१, सोमबार
चिनद्वारा नेपाललाई १० कराेडकाे राहत सामग्री दिने घाेषणा
  • काँचुली खबर

१८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक-दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् ।
‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।
  • १८ कार्तिक २०८०, शनिबार १९:२३ प्रकाशित
  • Nabintech