१८ कात्तिक, काेहलपुर । गएराती गएको भुकम्बबाट पिडित परिवारहरुलाई राहत प्रदान गर्न नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले आज बिहान १५० बोरा चामल सङ्कलन गरेको छ ।
शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बैठक बसी उक्त राहत संकलन गरेको कोहलपुर नगर अध्यक्ष अबराज खड्काले जानकारी गराए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नगर समितिको बैठकले भुुकम्प पिडितहरुका लागि राहत र उद्दार कार्यमा यथासिघ्र लाग्न नगरका सबै वडालाई निर्देशन गरिएको र वडा समितिहरु तत्काल राहत संकलनमा जुटिसकेेको नगर अध्यक्ष खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार कोहलपुर नगरपालिका वडा नं. ३ मा कोहलपुर पार्टीका नगर सल्लाहकार पदम केसीको पहलमा ६० बोरा चाामल संकलन भएको छ । केसीले ३० बोरा, कोेहलपुर ३ कै संगिता केसी अध्यक्ष रहेको दिदिबहिनि समुहले १० बोरा, राजेश भाारतीले १० बोरा र ईन्दिरा भारतीले १० बोरा तथा देबी गौतमले ७ किलो दाल र शरण के सीले २ पेटि तेल माओवादि केन्दरलाई सहयाेग स्वरूप उपलब्ध गराएका छन ।
भुुकम्प बाट ठुुलो मात्रामा धनजनको क्षेति भएको सामाचार बाहिर आएपछि नेकपा माओवादी केन्द्रले सम्पुर्ण पार्टी पंक्तिलाई राहत तथा उद्दारमा लाग्न बिज्ञप्ती मार्फत अपिल गरेको छ ।
केन्द्र पार्टीले गरेको अपिल अनुसार कोहलपुर नगर पार्टीको बैठक बसी राहत संकलनमा जुट्न सबैलाई परिचालन गरिएको बताउँदै अध्यक्ष खड्काले भने, ‘धेरै जसोले पैसा दिएका छन, नगद जम्मा भएको रकमबाट आवश्य्य खाध्यसामग्री खरिद गरिनेछ र संकलन गरिएको राहत सामाग्रीलाई सरोकारवाला निकाय संग समन्वय गरि एकमुष्ट हस्तान्तरण गरिने छ ।’
१८ कार्तिक २०८०, शनिबार १४:५५ प्रकाशित