२७ बैशाख २०८१, बिहीबार
भुकम्प प्रभावित क्षेत्रमा खजुरा गाउपालिकाले पठायाे औषधि सहितकाे स्वास्थ्यकर्मी टाेलि
  • काँचुली खबर

१८ कात्तिक, खजुरा । बाँकेकाे खजुरा गाँउपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तीन लाख बढिकाे स्वास्थ्य सामग्री सहितकाे स्वास्थ्यकर्मीकाे टाेली पठाएकाे छ । स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले जानकारी दिए ।

हिजो राती  ११.४७ बजे जाजरकोटमा केन्द्रबिन्दु बनाएर आएको बिनासकारी भुकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा अतुलनीय जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै तुफानले सहयाेग स्वरूप स्वास्थ्यकर्मी र औषधि पठाएकाे जानकारी दिए ।

उनले सम्पुर्ण मृतकप्रती श्रद्धाञ्जली तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । साथै उद्धारमा खटिएका प्रधानमन्त्री लगाएत सम्पुर्ण उद्दारकर्मिप्रती उच्च सम्मान प्रकट गर्दै जारकोटी र रुकुमेलि जनताको दुखमा साथ र सहयोग गर्न खजुरा सरकार प्रतीबद्ध रहनेपनि बताए ।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ । अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रूकुम पश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ ।

 

  • १८ कार्तिक २०८०, शनिबार १४:३८ प्रकाशित
  • Nabintech