२६ बैशाख २०८१, बुधबार
आफू चढेर गएकाे हेलिकप्टर उद्दारकालागी छाडेर प्रधानमन्त्री काठमाडौं फर्कदै
  • काँचुली खबर

१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र  रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् ।

आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् । ‘प्रधानमन्त्री अहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेस संयोजक सचिव सूर्यकिरण शर्माले भने ।

आज बिहान पनि प्रचण्ड चढेर गएको हेलिकप्टरले नलगाडबाट ७ जना घाईतेलाई उद्दार गरि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्याएकाे थियो ।

  • १८ कार्तिक २०८०, शनिबार १४:१८ प्रकाशित
  • Nabintech