२७ बैशाख २०८१, बिहीबार
भुकम्पका गम्भिर घाईतेलाई नेपालगन्ज ल्याईयाे, भेरीमा उपचार सुरू
  • काँचुली खबर

१८ कात्तिक, नेपालगन्ज । जाजरकोट र रुकुमको भुकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

उनीहरुलाई एम्बुलेन्स र हवाइजहाजबाट केही बेरअघि भेरी अस्पतालमा ल्याइएको हो । उपचार गराईरहेहरुमा ४८ वर्षीय बिमलकुमार कार्की, भेरी नपा ३ जाजरकोट, २२ वर्षीया ईशा शाह जाजरकोट ३, २६ वर्षीया यमुना रावल सानो भेरी १ रुकुम, ७९ वर्षीय टेकबहादुर शाही भेरी ८ जाजरकोट, २६ वर्षीय धनसिंह रावल सानो भेरी १ रुकुम रहेका छन ।
त्यस्तै, २ वर्षकी बालिका सुप्रभा विक भेरी १ जाजरकोट, ३२ वर्षीय मोहन विष्ट वनगाड कुपिन्डे सल्यान, ७ वर्षका झुपेन्द्र परियार भेरी १ जाजरकोट, ६४ वर्षका टिकाराम राना भेरी १ जाजरकोट, १५ वर्षकी अनामिका शाही भेरी १ जाजरकोट र १२ वर्षका पुष्कर परियार भेरी १ जाजरकोट रहेका छन ।
यसैगरी ४५ वर्षका प्रेमचन्द वली सानोभेरी ४ रुकुम, १७ वर्षका गोविन्द बुढाथोकी सानोभेरी ४ रुकुम, २४ वर्षकी नविना खड्का सानोभेरी ४ रुकुम, ४ वर्षका लविश चन्द सानोभेरी ४ रुकुम, ६८ वर्षकी गौनी विक सानोभेरी ४ रुकुम, ५ वर्षका शुषान्त पुनमगर सानोभेरी २ रुकुम र २७ वर्षकी गुन्जन पुन भेरी १ जाजरकोट रहेका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आठ जना घाइतेलाई एम्बुलेन्सबाट र बालबालिकासहित १० जनालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट नेपालगन्ज ल्याइएको बताए । उनले नेपाल एयरलाइन्सको विमानले शनिवार दिनभरी घाइते आसार्ने पनि बताए ।
पाइलट पेम्बा शेर्पा र को-पाइलट सुजन पुरीले उडाएको जहाज काठमाडौबाट सल्ले पुगेर घाइतेलाई लिएर नेपालगन्ज विमानस्थल पुगेको थियो । त्यहाँबाट घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।
घाइते सबैको उपचार भेरी अस्पतालमा भइरहेको र दुई जना बाहेक अरुको अवस्था सुधार भइरहेको अस्पतालका सुचना अधिकारी डा. संकेतकुमार रिसालले बताए । भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खाली राखिएको छ ।
  • १८ कार्तिक २०८०, शनिबार १३:१० प्रकाशित
  • Nabintech