२६ बैशाख २०८१, बुधबार
प्रधानमन्त्री प्रचण्डद्वारा ७ जना घाईतेकाे उद्दार
  • काँचुली खबर

१८ कात्तिक, काठमाडौं । भुकम्प प्रभावित क्षेत्रकाे अनुगमनमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना घाईतेकाे उद्दार गरेकाे छ । जाजरकाेटबाट रूकुम जाने क्रममा प्रधानमन्त्री प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना बिरामिसँगै बिरामि कुरूवा समेत लिएर फर्किएकाे हाे ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई ढाडस दिएर रुकुम पश्चिम फर्किएका छन् ।प्रधानमन्त्री प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन्। जिल्ला अस्पताल जाजरकोट पुगेर दाहालले घाइतेहरूलाई भेटेका हुन्।

प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरू स्वास्थ्य सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केही राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

  • १८ कार्तिक २०८०, शनिबार ११:०२ प्रकाशित
  • Nabintech