दुई महिनामा १ करोड २२ लाख थान कण्डम भित्रियो
  • काँचुली खबर

११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कण्डम आयात भएको हो ।

सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ ।

गत एक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० थान कण्डम आयात भएको थियो । गत वर्ष २१ करोड २८ लाख रुपैयाँ बराबरको कण्डम आयात भएको थियो ।

गत वर्ष साढे ३ करोडभन्दा बढी थान कण्डम आयात हुँदा यस वर्षको पहिलो दुई महिनामै एक करोड २२ लाख थान कण्डम आयात भएको हो ।

  • ११ कार्तिक २०८०, शनिबार १७:२१ प्रकाशित
  • Nabintech