५ कात्तिक, काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि त्यस आसपासको क्षेत्रमा निकै पहिरो गएको छ ।
खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ ।
आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।
५ कार्तिक २०८०, आईतवार ०९:४२ प्रकाशित