२६ बैशाख २०८१, बुधबार
दशै अबधिभर माइस्थान मन्दिरमा सहायता कक्ष स्थापना गरीने
  • काँचुली खबर

२ कात्तिक, बिरगंज । बिजया दशमीको उपलक्ष्यमा सानाे दिप संस्थाले माइस्थान मंदिर अगाडि नागरिक सहायता कक्ष स्थापना गर्ने भएकाे छ । दशै अबधिभर संस्थाले सहायता कक्ष स्थापना गरी नि:शुल्क पानी, आवश्यक औषधी एवं प्राथमिक उपचार र मास्ककाे व्यवस्था गर्ने भएको हाे ।

यसका साथै दशैं तिहारकाे बीचमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गर्ने याेजना रहेकाे संस्थाका अध्यक्ष कृष पटेलले जानकारी दिए ।

संस्थाका अध्यक्ष पटेलकाे अध्यक्षतामा बसेकाे बैठकले आगामि रणनिति तय गर्नुका साथै नयाँ सदस्यहरूलाई संस्थाको लाेगाे अंकित टि-सर्ट समेत बितरण गरिएकाे थियाे ।

सानो दीप क्लबका पदाधिकार तथा सदस्यहरू उपस्थित उक्त  बैठकमा प्रमुख अतिथिमा एवं समाजसेवी भजु पटेल र टाइगर क्लब सामाजिक परिचालनकर्ता अनिश प्रजापतिले आफ्नाे धारणा सहितकाे मन्तब्य राखेका थिए ।

  • २ कार्तिक २०८०, बिहीबार १३:३१ प्रकाशित
  • Nabintech