प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य आई पि खरेल चुनाब पछि आफ्नो निर्बाचन क्षेत्रका जनता सङ्ग पुगी प्रत्यक्ष रुपमा उनिहरुका समस्या, गुनासा तथा बिकासका कामका बारेमा जानकारी लिएका छन । सोही अनुसार आज उनी आफ्नो निर्वाचन क्षेत्रको बैजनाथ गाउपालिका अन्तर्गत वडा नम्बर १,२,३ र ४ का जनता सङ्ग पुगि त्यहाका समस्याका बारेमा जानकारी लिएका हुन ।
बन्यजन्तु क्षति न्यूनीकरण, शैक्षिक क्षेत्र सुधार, तटबन्धन, पुल पुलेसा, मोटर बाटो कालो पत्रे, सिंचाइ, पर्यटन पर्बद्दन, ऐलानी जग्गाका समस्या, कृषि हाटबजारको ब्यबस्थापन, खानेपानी, औद्योगिक बस्ती ब्यबस्थापन, सुकुम्बासी बस्ती समस्या, बिद्युत लगाएतका समस्या समाधानका लागि त्यहाका जनताले साँसद खरेल सङ्ग माग राखेका थिए । 
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साँसद खरेलले जनताहरुलाई पनि हुन नसक्ने र आजै सबै हुनुपर्छ भन्ने खालका माग नराख्न आग्रह गर्दै भने ( प्रत्यक्ष रुपमा जनता सङ्ग सरोकार राख्ने खालका मागहरु आफुले सम्बोधनका लागि प्रयास गर्ने बताए । चुनाब अगाडीका प्रतिबद्धताहरु आफुले नबिर्सेको बताउदै चुनाब पछि एक एक गरेर आफ्नो निर्वाचन क्षेत्रका सम्पुर्ण वडाहरुमा पुग्ने र समस्या समाधानका लागि पहल गर्नका निमित्त आफू यहाँ आएको बताए । 
कार्यक्रममा पुर्ब नेकपा एमालेका जिल्ला कमिटी सदस्य घननाथ खनाल, सामाजिक कार्यकर्ता धर्मलाल रोकाय, वडा न १ का वडा अध्यक्ष रुप बहादुर मल्ल, २ का अध्यक्ष प्रेम बहादुर थापा, ३ का अध्यक्ष रामचरन थारु, ४ का अध्यक्ष काली बहादुर सिंह लगाएतको उपस्थिति रहेको थियो ।
४ श्रावण २०७५, शुक्रबार ०७:२९ प्रकाशित