६ जेष्ठ २०८१, आईतवार
तरकारी बाेकेकाे जिप दुर्घटना हुँदा सल्यानमा दुई जनाकाे मृत्यु
  • काँचुली खबर

८ असोज, रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा परी दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।
  • ८ आश्विन २०८०, सोमबार ०८:४५ प्रकाशित
  • Nabintech