२८ भदौ, नेपालगन्ज । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो ।
आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन पत्रकारहरुको आँखामा सुख्खापन लगायतका सामान्य समस्या देखिएको फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकले बताए ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
निःशुल्क आँखा जाँचका क्रममा औषधी वितरण र चश्मामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । एक जना पत्रकारमा देखिएको मोतिविन्दुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माले बताए । उनका अनुसार पत्रकारको बुवा, आमा र श्रीमतीलाई आँखाको मोतिविन्दु देखिएमा उनीहरुको शल्यक्रियामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
प्रबन्ध निर्देशक बर्माले अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको बताए ।
आँखा जाँच कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाईले संघले पत्रकारहरुका लागि गरिएको सामाजिक तथा मानविय सेवा अन्र्तगतको कार्यक्रमले पत्रकारहरु बढी लाभ लिएको बताए । उनले मानिसको सबैभन्दा बढी सम्बेदनशिल आँखा भएकाले आँखाको परिक्षणमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
फत्तेबाल आँखा अस्पतालका लेखा प्रमुख जीतबहादुर चौधरीले अस्पतालबाट प्रवाह गर्ने सेवाको बारेमा जानकारी गराउदै आँखाको बढी हेरचाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेश सचिव जयसिंह केसी, सदस्य मो. आरिफ अन्सारी, प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकाय, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्मा, सल्लाहकार माधवराम बर्मा, शिवप्र साद पाठकलगायतको उपस्थिती रहेको थियो ।
अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा स्थापना गरीएको अवधी पत्रकार संघ स्थापनाको १५ वर्षमा प्रवेश भएको छ । संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने निर्णय अनुसार आज आँखा जाँच गरिएको छ भने भदौ ३० गते अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिताबारे एकदिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेशकुमार मिश्रले बताए ।
     २८ भाद्र २०८०, बिहीबार १८:२४ प्रकाशित