६ बैशाख २०८१, बिहीबार
जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा प्रगति बिवरण सार्वजनिक
  • काँचुली खबर

जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरी बार्षिक प्रगती सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार एक बर्षमा बैवाहिक अंगीकृत ८०० सहित १६ हजार ४५१ जनाले नागरिकता पाएका छन् । यसैगरी ६ हजार १९३ जनाले प्रतिलिपी लिएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।
६ हजार १३३ जनाले राहदानी लिएका छन भने २ हजार २६५ जनाको द्रुत सेवा अन्तर्गत राहदानी सिफारिस गरिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गत आर्थिक वर्षको साउनदेखि असारसम्म कार्यालय र मातहातका ईलाका प्रशासन कार्यालयबाट गरी १६ हजार ४ सय ५१ जनालाई नागरिकता वितरण गर्दा ती मध्ये बैबाहीक अंगिकृत नागरिकता ८ सयलाई वितरण गरेको जनाकारी दिए ।
उनले भने, ‘साउनदेखि असारसम्म जिल्ला प्रशाशन कार्यालय बाँकेबाट बंशजको आधारमा ८ हजार ६ सय ५६ र बैबाहिक अंगिकृत ७ सय २५, ईलाका प्रशासन कार्यालय नरैनापुरबाट १ हजार ६ सय बंशज र बैबाहिक आंगिकृत ५०, ईलाका प्रशासन कार्यालय कोहलपुरबाट बैबाहिक अंगिकृत २५, बंशज ५ हजार ४ सय ७० जनालाई बितरण गरिएको छ ।’
बैवाहिक अंगीकृतको नागरिकता पाउन सहज भएको प्रशासनले जनाएको छ । उनले एक वर्षको अवधीमा ६ हजार १ सय ९३ जनालाई नागरिकताको प्रतिलिपिका साथै ६ हजार १ सय ३३ लाई राहदानी (साधाहरण)को वितरण तथा सिफारिस गरेको जानकारी दिए ।
यसमा ४ हजार ७ सय ९४ जिल्ला प्रशासन कार्यालय बाट र १ हजार २ सय ५६ थान ईलाका प्रशासन कार्यालय कोहलपुरबाट सिफारिस भएका छन् । यसैगरी २ हजार २ सय ६५ थान द्रुत सेवाको राहदानी सिफारिस रहेको छ ।
प्रजिअ केसीले सो अवधीमा ३ करोड ११ लाख ६१ हजार ७ सय २९ रुपैया ५५ पैसा राजश्व संकलन गरेको जानकारी दिए ।
उनले भने, ‘रहदानी सिफारिसबाट २ करोड ९२ लाख २५ हजार, संस्था दर्ता नविकरणबाट ५ लाख, २ हजार ६ सय ५०, हातहतियार नविकरणबाट १ लाख ८० हजार ७ सय र न्यायिक दस्तुरबाट १२ लाख ३८ हजार २ सय ७९ र परीक्षा दस्तुर १५ हजार १ सय रुपैयाँ राजस्व उठाउन सफल भएको छ ।’
प्रमुख जिल्ला अधिकारी केसीले कार्यालयमा कर्मचारी दरबन्दी रिक्त हुँदा दैनिक सेवा प्रवाहमा कठिनाई हुँदै आएको र यसको प्रभाव दैनिक कामकाजका लागि आउने सेवाग्राहीलाई समेत प्रत्यक्ष पर्ने गरेको बताए । उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा ३८ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ३२ जना मात्रै कार्यरत रहेको जानकारी दिए ।

  • २ श्रावण २०७५, बुधबार २१:४३ प्रकाशित
  • Nabintech