१३ बैशाख २०८१, बिहीबार
५३ लाख अवैध भारुसहित चार पक्राउ
  • काँचुली खबर

प्रहरीले अवैध भारतीय नोटसहित चार जनालाई भैरहवाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको हो ।

प्रहरीले सिद्धार्थनगर नगरपालिका-१३ स्थित ह्वाइट लोटस होटलको कोठा नं १०७ मा खानतलासी गर्दा अवैध नोटको कारोबारीसहित झोलामा एक हजार दरका दुई हजार ६ सय ५० थान र ५ सय दरका पाँच हजार ३ सय थान गरी ५३ लाख पुरानो भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न रुपन्देही जिल्ला रोहिणी गाउँपालिका-५ बस्ने ५४ वर्षीय दूधनाथ योगी, सिद्धार्थनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश थापा, बुटवल उपमहानगरपालिका-१६ बस्ने ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिका-८ बस्ने ३८ वर्षीय राजु बुढाथोकी पक्राउ परेका छन् ।

बरामद भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

  • २ श्रावण २०७५, बुधबार २०:४० प्रकाशित
  • Nabintech