नेपालले सातौं विकेट गुमायो, दीपेन्द्र आउट
  • काँचुली खबर

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ ।

सातौं विकेटका रुपमा नेपालका दीपेन्द्र सिंह ऐरी आउट भए । ४१.१ ओभरमा दीपेन्द्रलाई हार्दिक पाण्डेयले आउट गराए । उनी २९ रन जोडेर आउट भएका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रले ५० रनको साझेदारी गरेका थिए । सोमपाल कामी २५ र सन्दीप लामिछाने शून्यमा क्रिजमा छन् ।

नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनमा आउट भए । ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे । गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए ।

  • १८ भाद्र २०८०, सोमबार १९:२४ प्रकाशित
  • Nabintech