१२ बैशाख २०८१, बुधबार
कोहलपुरमा आधुनिक बधशाला निर्माणबारे छलफल
  • काँचुली खबर

प्रदेश नं. ५ कि कृषि, सहकारी तथा भूमि ब्यवस्था मन्त्री आरती पौडेलकै रोहबरमा कोहलपुरमा आधुनिक बधशाला स्थापना तथा ब्यवस्थापन गर्ने बारे छलफल भएको छ ।
कोहलपुर नगरपालिका-१३ खड्कवारस्थित खड्कवार नमुना सामुदायिक होम-स्टेमा मंगलबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले बधशाला निर्माण निम्ति प्रदेश सरकारले पर्याप्त बजेट बिनियोजन गरेकाले बाँके जिल्लामा बधशाला स्थापनाकालागि कोहलपुर उपर्युक्त ठाँउ भएको धारणा राखिन । पौडेलले शुरक्षित बधशाला निर्माण र मिटमार्ट बनाउन प्रदेश सरकारले लगानी गर्न तयार रहेको समेत जानकारी गराईन । मन्त्री पौडेलले किसानले उत्पादन गरेको वस्तुलाई बजारसम्म पु¥याउने माध्यमको बारेमा समेत योजना बनाईरहेको जानकारी गराईन ।
त्यस्तै प्रदेश नं. ५ का कृषि सचिव याम नारायण देवकोटाले हाल विद्यमान रहेको निर्देशिकामा उपमहानगरपालिकालाई लक्षित गरेर बधशाला निर्माण गर्ने प्रावधान रहेको भएपनि नगरपालिका तहसम्म ल्याउनेगरि ऐनलाई संसोधन गरिने बताए ।
सचिव देवकोटाले कोहलपुर नगरपालिकाभित्र बधशाला कहाँ र कति क्षमताको आवश्यक छ भन्ने कुरा स्थानिय तहबाट यथार्थ विवरण सहित आउनुपर्ने सुझाव दिए । उपभोक्ताहरुलाई शुद्ध मासु खुवाउने र बजारलाई पनि फोहोररहित बनाउन जथाभावी मासु काट्ने कामलाई रोक्ने विकल्प बधशाला भएको बताए ।
हेफर ईन्टरनेशनलका निर्देशक डा. तिर्थराज रेग्मीले शुद्ध मासु खान पाउनु उपभोक्ताहरुको अधिकारको कुरा भएकाले त्यस्तो ब्यवस्था गर्न आधुनिक बधशाला स्थापना गर्न आवश्यक रहेको बताए । रेग्मीले ग्रामिण क्षेत्रमा किसानहरुले उत्पादन गरेका बध गर्ने पशुहरुलाई जथाभावी बध नगरी बधशालामा मात्र बध गर्नुपर्ने भन्दै उपभोक्ताहरुलाई शुद्ध मासु खानकोलागि बधशालाबाट मिटमार्टसम्म पु¥याउने ब्यवस्था गर्नुपर्ने बताए । साथै रेग्मीले होलसेल तथा खुद्रा ब्यापारीहरुले मिटमार्टबाट खरिद गरि उपभोक्तासम्म सजिलै पु¥याउने ब्यवस्था हुने बताए ।


त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आधुनिक बधशाला निर्माणकालागि कोहलपुरमा राम्रो सम्भावना रहेको बताउँदै बधशालाको संचालनकालागि आवश्यक पर्ने सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।
मन्त्री सहितको छलफल पश्चात कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको संयोजकत्वमा आधुनिक बधशाला स्थापना तथा ब्यवस्थापन समिति समेत गठन गरिएको छ । समितिमा आवश्यक परामर्शकालागि प्रदेश सरकारका प्रतिनिधी तथा सरोकारवाला निकायका विज्ञहरु समेत रहने ब्यवस्था गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटाले जानकारी दिए ।
मन्त्री सहितको टोलीले कोहलपुर नगरपालिका-११ मा रहेको बधशालाको अनुगमन समेत गरेको थियो ।

  • १ श्रावण २०७५, मंगलवार २०:१९ प्रकाशित
  • Nabintech