१४ बैशाख २०८१, शुक्रबार
असारे विकासले स्थानियलाई सास्ती
  • काँचुली खबर

आर्थिक वर्ष सकिनैलाग्दा हतारिएर गरिएका कतिपय योजनाहरुले समस्या सृजना गरेको पाईएको छ । विकासका नाममा सुरु गरिएका योजनाहरु समयमै सम्पन्न नहुँदा नगरवासीहरु थप समस्यामा परेका छन । कोहलपुर नगरपालिका-५ उदयनगरमा वर्षाको पानी कटान गराउने भन्दै नाला खनिएपनि त्यसले पूर्णता नपाउँदा त्याहाँका स्थानियहरु आक्रोशित भएका छन ।
राजमार्गदेखि दक्षिणतर्फ करिब २० घरपरिवारलाई असर गर्ने गरी खनिएको नालाका कारण त्यहाँका स्थानियहरुले सास्ती खेप्नुपरेको छ । सडकदेखि २५ मिटर भित्र नाली निर्माण गर्ने भनिएपनि मापदण्ड बिपरित नाली खनिएको भन्दै स्थानियहरुले आक्रोश ब्यक्त गरेका छन ।
‘तोकिएको ठाँउभन्दा ८\१० मिटर पछाडी नाला खनिएको छ’ स्थानिय ब्यापारी यज्ञप्रसाद सुवेदीले भने, ‘पानीको निकास दिने भन्दै नाला खनिएको भएपनि हालसम्म न पानीले निकास पाएको छ, न त स्थानियले बिकास पाएका छन ।’
सुवेदीले अलपत्र अवस्थामा रहेको नालाका कारण आप्mनो ब्यवसाय चौपट भएको भन्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई नाला निर्माण तथा माटो पटानकालागि अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको गुनासो गरे । उनले नालाका कारण आप्mनो ब्यवसायमा क्षती पुगेको भन्दै कोहलपुर उद्योग वाणिज्य संघमा निवेदन दिने तयारी गरिरहेको जानकारी समेत दिएका छन ।

  • १ श्रावण २०७५, मंगलवार १९:०४ प्रकाशित
  • Nabintech