२२ बैशाख २०८१, शनिबार
सह-सचिव पदकी उम्मेदवार थापा को हुन् ?
  • काँचुली खबर

कोहलपुरकी यशोधा थापा, एकल महिलाहरुको लागी प्रेरणाको स्रोत हुन् । उमेरले भर्खरै ४५ वर्ष टेकेकी थापा बिहे गरेको केही वर्षमै बिधुवा भएकी थिईन । श्रीमान मारिदा उनको साथमा नावालक छोरा पनि थिए । नेपाली सेनामा कार्यरत उनका श्रीमान २०५९ सालमा भदौ २३ गते अर्घाखाँचीको सन्धिखर्कमा भएको सशस्त्र द्वन्दको बेला सरकार पक्ष र बिद्रोही पक्ष बिच भएको भिडन्तमा मारिएका थिए ।

२५ वर्षको कलिलो उमेरमा बिधुवा भएकी थापाले एक्लै धेरै संघर्ष गरेर छोरोलाई हुर्काईन । छोरोलाई हुर्काउन, पढाउन धेरै संघर्ष गर्नुपरेको संघर्षको कथा छ उनीसँग । एकल महिला बाँकेको सस्थापक सदस्य थापाले सिलाइ कटाई सिक्दै सिकाउदै अहिले यो स्थानसम्म आइपुगेकी हुन् ।

गाउँ समाजमा कसैको आँखामा पनि नबिझाउने उनी समाजसेवामा नि उतिकै सकृय छिन । कोहलपुर १२ चपरगौडिमा बस्दै आएकी थापा श्रावण १२ गते कोहलपुरमा रहेको कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता सस्थाको निर्वाचनमा ४ दलिय गठवन्धन सहितको साझा समावेशी प्यानलका तर्फबाट सह-सचिव पदकी उम्मेदवार छिन । अहिले सम्म सामाजिक क्षेत्रमा सक्रिय रहदै आएकी थापा पहिलो पटक यसरी निर्वाचनमा उत्रिएको हुँदा छुट्टै खालको उत्साह आफुमा थपिएको बताउँछिन् ।

उनी निर्वाचनमा उम्मेदवार भैइरहुँदा आफुसँग उपभोक्ता माझ धेरै प्रतिबद्धता केही नभए पनि सस्थाको जिम्मेवार पदमा पुगेपछी आफू जस्तै एकल महिलाहरुलाई शुद्द पिउने पानी सहज र सरल तरिकाले उपलब्ध गराउने ध्ययमा छिन । एकल महिलाहरु जसको घरको आर्थिक अवस्था कमजोर छ उनिहरुको पहिचान गरि सरकारले बनाएको एक घर एक धाराको लक्ष्यलाई आत्मसाथ गर्दै आफुले यस क्षेत्रका एकल महिलाको लागि पानीमा सहुलियत र छुट गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन ।

एकल महिलाहरुको अधिकारको लागि बिभिन्न सामाजिक क्षेत्रमा उनी बिगत दुई दशकदेखी एकदमै सक्रिय रहदै आएकी छिन् । विशेष गरी एकल महिलाहरुका मुद्दालाई शसक्त रुपमा उठाउँदै आएकी थापा यतिबेला उपभोक्ताको घरघरमा आफु लगायत आफ्नो प्यानललाई जिताउन लागिपरेकी छिन् । उनको चुनाव चिन्न तालाचावी रहेको छ ।

  • ११ श्रावण २०८०, बिहीबार १६:२० प्रकाशित
  • Nabintech