२२ बैशाख २०८१, शनिबार
को हुन उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर विष्ट ?
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर बिष्ट को हुन् ?

बि.स. २०२७ साल चैत्र २१ गते ढाँकु-६ अछाममा जन्मेका बिर बहादुर विष्ट २०४५ सालको कोहलपुर आएका छन् । बुवा पदम बहादुर विष्ट र आमा दिवादेवि विष्टको माइलो सन्तानको रुपमा उनको जन्म भएको हो । नेपालको पहाडी, विकासको पहुँचमा पुग्न नसकेको जिल्ला अछामको सामान्य परिवारमा जन्मेका विष्टको बाल्यकाल सामान्य रुपमा बित्यो । विष्टकी श्रीमति निरा कुमारी कुँवर हुन् ।

वि.स. २०४६ सालमा एसएलसी पास गरेका विष्टले राजनीतिशास्त्र र शिक्षाशास्त्रमा एम.ए. र एम.एड. गरेका छन् । विद्यलय तहदेखि नै सामाजिक कार्यमा सक्रिया विष्टले नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसको इकाइ सदस्य, नेपाल शिक्षक संघ अछामको सदस्य, नेपाल शिक्षक संघ बाँकेको सह-सचिव हुँदै हाल नेपाली काँग्रेस बाँकेको जिल्ला कार्य समिति सदस्यका रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।

त्यस्तै उनी कोहलपुरमा रहेको त्रिभूवन नमूना माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् । कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको उपाध्यक्ष पदका उम्मेद्वार बनेका विष्टको चुनाव चिह्न टेबुल पंखामा मतदान गरी बिजयी गराईदिनका लागि सम्पूर्ण खानेपानी उपभोक्ताहरुमा हार्दिक अनुरोध गर्दछौं ।

  • ११ श्रावण २०८०, बिहीबार १५:५८ प्रकाशित
  • Nabintech