सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे ।
नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि काठमाण्डौसम्म जानु पर्ने बाध्यतालाई हटाउनुकासाथै सर्टिङ्ग, सुटिङ्ग, ब्लेजर, टाई, लगायतको सिलाई तथा आवश्यक पर्ने कपडा समेत उपलब्ध गराउने उद्देश्यले सुट क्लव सञ्चालनमा ल्याएको प्रोपराईटर ओविराज खड्काले जानकारी दिए ।
उनले सिलाई तथा कपडामा गुणस्तर कायम गर्नको लागि उच्च प्रविधिका मेसिनहरुको प्रयोग गर्दै ग्राहकलाई उनीहरुले भनेको जस्तो डिजाईनका सबै पोषाक तयार पार्न सुट क्लव सक्षम रहेको बताए । करिव १ करोडको लगानीमा सञ्चालनमा आएको सो क्लवमा २० बढीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाउने खड्काले बताए ।
सो अवसरमा नेकपाका नेता रत्न खत्री, नेपाली काँग्रेसका नारायण गौडेल, युवा संघ नेपालका बाँके अध्यक्ष किशोर थापा, इप्रका कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक यज्ञ भट्टराई, तेजबहादुर सुवेदी, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्कालगायतको उपस्थिति रहेको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तस्बिर साभार : सदरलाईन
३२ असार २०७५, सोमबार १८:०२ प्रकाशित