बाँकेमा २६ एम्बुलेन्सले पाए सञ्चालनको अनुमती
  • काँचुली खबर

जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका २६ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ ।
समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पटक पटक अनुगमन गरेर तोकिएको मापदण्ड पुरा गरेका २५ वटालाई ‘ग’ श्रेणीको र १ लाई ‘ख’ श्रेणीको अनुमति दिएको जानकारी दिए । समितिले एम्बुलेन्स सञ्चालन निर्देशिका २०७४ अनुसार मापदण्ड पुगे नपुगेको अनुगमन गरेको थियो ।
समितिले सोमबार एक कर्यक्रमको आयोजना गरी उनीहरुलाई संञ्चालन अनुमति पत्र समेत हस्तान्त्रण गरेको छ । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीबास्तबले सञ्चालन पत्र हस्तान्त्रण गर्दै गुणस्तरिय सेवा दिन र एम्बुलेन्सलाई व्यावसायको रुपमा नभई सेवाको भावमा सञ्चालन गर्न आग्रह गरे ।
बाँकेमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मध्ये केही ठेक्कामा सञ्चालन गरेको, प्राईभेट टेक्सी झै अस्पताल बाहिर कुरेर बस्ने गरेको जस्ता जनगुनासो आई रहेको बेलामा समितिले कडाई गर्दै अनुगमन गरी मापदण्ड भएका मात्र सञ्चालन गर्न पाउने भएका हुन ।
बाँकेमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड पुरा नगरेको र गुणस्तरीए नभएको गुनासो आई रहेको बेलामा समितिले अनुगमन गरी मापदण्ड पुरा भएकालाई सञ्चालनको अनुमति दिएको हो ।


बाँकेमा विभिन्न संस्थाहरुले सञ्चालन गरेका ३९ वटा एम्बुलेन्स र ३ वटा शव वाहन सञ्चालनमा रहेको सबैलाई तोकिएको मापदण्ड पुरा गरेरमात्र सञ्चालनको लागि निर्देशन दिईएको जिल्ला जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले समितिले एम्बुलेन्स सञ्चालनको लागि स्वीकृती लिएर एम्बुलेस राखेका संस्थाहरुले समेत एम्बुलेन्स भाडामा लगाउने गरेको, अस्पताल वा मेडिकल कलेजबाहिर बस्नेहरुलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी गरि रहेको जानकारी दिए ।
उनले बाहिर जिल्लामा सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा ल्याईएका एम्बुलेन्सहरुले विरामी बोक्ने भन्दा अन्य सामान र पेसेन्जर बोक्ने गरेको पाईएकोले त्यस्तालाई सचेत पार्दै जाँहा सञ्चालनको लागि स्वीकृती लिएको हो त्यही सेवा दिनको लागि पहिलो पटक आग्रह गरिएको बताए ।
सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खिमबहादुर खड्का, भेरी अञ्चल अस्पताल नेपालगन्जका मेसु डा. प्रकाशबहादुर थापा, नेपाल रेडक्रस सोशाईटी बाँके शाखाका निरञ्जना मल्ल लगायतको सहभागिता रहेको सो कार्यक्रममा एम्बुलेन्स चालक संघका अध्यक्ष मधु बोगटीले आफुहरु गुणस्तरिय सेवा दिनमा प्रतिबद्ध रहेको र प्रशासनले आफुहरुको सुरक्षा प्रति पनि ध्यान दिन आग्रह गरेका थिए ।

साभार : सदरलाईन

  • ३२ असार २०७५, सोमबार १७:४९ प्रकाशित
  • Nabintech