१५ असार, पोखरा । अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन ।
शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ का स्थानीय जनतासँग अन्तरक्रिया गरेका हुन । स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. २ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले पुर्याएकाे योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले अन्नपूर्ण २ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राखेका थिए ।
स्थानीय जनतासँग अन्तरक्रियापछि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले उठाएका विषयहरूबारे सम्बोधन गर्ने कार्यसूचि रहेको छ।




१५ असार २०८०, शुक्रबार १६:१० प्रकाशित