१५ बैशाख २०८१, शनिबार
गणतन्त्र प्राप्ति युगान्तकारी परिवर्तन हो : अध्यक्ष बिक
  • काँचुली खबर

१५ जेठ, खजुरा । १६औं गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरी मनाएको छ । ‘गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौं’ भन्ने मुल नाराका गाउँपालिकाले प्रभातफेरीको आयोजना गरी गणतन्त्र दिवस मनाएको हो ।

खजुराका राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु सहित बाक्लो उपस्तिथि रहेको र्‍यालीमा सहभागी सबैले धनौलीमा रहेको सहिद सेतु बिकको सालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएकाले सम्पुर्ण जनताले यसबाट परिवर्तन महसुस गर्नुपर्ने बताए ।

‘जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुने छैन,’ अध्यक्ष बिकले भने ।

गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई अझ बढी संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न खजुरा गाँउपालिकाले योजनागत कार्यक्रम लिएर अगाडि बढ्ने अध्यक्ष बिकले बताएका थिए ।

  • १५ जेष्ठ २०८०, सोमबार १८:२८ प्रकाशित
  • Nabintech