७ बैशाख २०८१, शुक्रबार
काभा वुमन्स् भलिबल प्रतियोगिता : नेपालको दोस्रो जित
  • काँचुली खबर

९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।

पहिलो सेट २५-१० ले जितेको नेपालले दोस्रो सेट २५-८ र तेस्रो सेट २५-९ ले जितेको छ ।

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।

  • ९ जेष्ठ २०८०, मंगलवार १६:४७ प्रकाशित
  • Nabintech