१३ बैशाख २०८१, बिहीबार
डा. गोविन्द केसी र (नेकपा) का प्रबक्ताबिच वार्ता
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबक्ता नारायणकाजी श्रेष्ठ र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै देशको विकट क्षेत्र कर्णालीको जुम्लामा आमरण अनसनमा बसिरहेका डा। गोविन्द केसीका प्रतिनिधीसँग वार्ता गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १६ दिनदेखि १५ औं अनसनमा रहेका डा. गोविन्द केसीका सहयोगी डा अभिशेषकराज सिंह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायाणकाजी श्रेष्ठ बीच अनौपचारिक छलफल भएको छ । प्रारम्भिक चरणको वार्तामा सरकारका तर्फबाट चिकित्सा विधेयक अघि नबढाउने र वार्ताको माध्यमबाट निकास निकाल्ने सहमति भएको बताइएको छ ।
भेटमा डा. केसी र सरकार दुवै पक्षाबाट वार्ता टोली निर्माण गरेर प्रतिनिधिसभामा रहेको विधेयकलार्इ तत्काल छलफलमा न लैजाने र विधेयकलाई माथेमा कार्यदलको प्रतिवेदन अनुसार परिमार्जित गर्ने लगायतका विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।
अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता हुन नसकेपछि सरकारले नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो । सरकारले संसदमा दर्ता गराएको नयाँ विधेयक अध्यादेशको विपरित तयार पारेपछि डा. केसी जुम्ला पुगेर अनसन बस्दै आएका छन् ।

  • ३१ असार २०७५, आईतवार १८:०३ प्रकाशित
  • Nabintech