१६ चैत्र २०८०, शुक्रबार
‘मरेपछि पनि सपना देख्न पाउँ’
  • काँचुली खबर

आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलन-२०७५ अन्तर्गत आइतबार चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : रासस

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिमा गएर कविता लेखेका छन् । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीन दिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री ओली पनि चन्द्रागिरि पुगेका हुन्।

आइतबार बिहान चन्द्रागिरि पुगेका प्रधानमन्त्री ओलीले त्यहीँ कविता लेखेका हुन्। शीर्षकबिनाको प्रधानमन्त्रीको कवितामा मरेपछि पनि सपना देख्न पाइयोस् भन्ने कामना गरिएको छ।

यस्तो छ प्रधानमन्त्रीको कविता :

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !

बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ ।

मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ

सगरमाथा, लुम्बिनी, मेची, महाकाली

हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली ।

सपनामा भए पनि देख्न पाउँ

चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ

म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।

 

साभार : सेतोपाटी

  • ३१ असार २०७५, आईतवार १७:०६ प्रकाशित
  • Nabintech