२६ चैत्र, कोहलपुर । नेपाल घर बहाल उपभोक्ता मञ्चले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमका बिच क्यालेण्डर सार्वजनिक गरेको हो ।
नेपाल घर बहाल उपभोक्ता मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति तिलक सिंह कार्की र वडा नं. ५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुले संयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा बोल्दै श्रेष्ठले नयाँ वर्ष २०८० को सबैलाई शुभकामना दिदै नेपाल घर बहाल उपभोक्ता मञ्चले आयोजना गरेको कार्यक्रम उत्कृष्ठ भएको बताएका थिए । कार्यक्रममा एक प्रेस विज्ञप्ती प्रस्तुत गरिएको थियो । कोभिड-१९ महामारी संकटपछि हाल देशव्यापी चरम आर्थिक संकटका कारण व्यवसायी धरासायी भई विस्थापीत हुने अवस्था सिर्जना भएको विज्ञप्ती प्रस्तुत गरिएको थियो ।
बाँके जिल्लाका कोहलपुर र नेपालगंजमा व्यवसायीक सटरहरु खाली भई व्यापार बन्द हुने क्रम दिन प्रतिदिन बढ्दै गएको विज्ञप्तीमा लेखिएको छ ।
अध्यक्ष तिलक सिंह कार्की, महासचिव लक्ष्य बहादुर वि.क.द्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ, ‘बैंक तथा वित्तिय संस्थाको उच्च व्याज वृद्धि भई आम व्यवसायी, उद्योगीहरु मर्कामा परिरहेको अवस्थामा सबैका साझा समस्या र वर्तमान चरम आर्थिक संकटको अवस्थामा सबै बाचौं र बचाऔं भन्ने उद्देश्यले व्यवसाय संचालन गर्ने व्यवसायीहरू र बहालमा बस्ने जनसमुदायहरुलाई पर्न गएको समस्याको यथार्ततालाई मध्ये नजर गर्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दछौं ।’

केही घर धनिहरुले घर भाडा छुट गरेको प्रसंशा गर्दै विज्ञप्ती मार्फत धन्यवाद दिईएको छ । मञ्चले हाल कायम रहेको घर भाडामा २० प्रतिशतका दरले आर्थिक अवस्था सुधार नभएसम्म छुट गर्न हार्दिक अनुरोध गरिएको छ । बाँके जिल्लाको व्यवसायीहरुलाई टिकाई राख्न नगरपालिका, वाणिज्य कार्यालय, घरेलु उद्योग कार्यालय, औषधी व्यवस्था कार्यालय, शुल्क कार्यालय, उद्योग वाणिज्य संघले व्यवसायीक कर नयाँ दर्ता र नविकरणमा ५० प्रतिशत छुट गर्नुका साथै जरिवाना पूर्ण रुपमा छुट गरिदिन आग्रह गरेको छ ।
बैंक तथा वित्तिय संस्थाले बैंक व्याज दर १ अंकमा कायम गर्नुपर्ने र स्थानिय सरकारले लिदैं आएको घर बहाल कर २ प्रतिशत लागु गर्नुपर्ने नेपाल घर बहाल उपभोक्ता मंच बाँकेले जोडदार माग गरेको छ । वर्तमान यस संकटको अवस्थामा व्यवसायीहरुको हकहितको निमित्त बाँकेका विभिन्न संघ संस्थामा आवद्ध व्यवसायी हकहित संरक्षण समितिद्वारा घोषित सान्तीपूर्ण आन्दोलनमा नेपाल घर बहाल उपभोक्ता मंच पूर्ण एक्येबद्धता रहेको जनाएको छ ।
२६ चैत्र २०७९, आईतवार ०८:१५ प्रकाशित