१३ बैशाख २०८१, बिहीबार
मुस्लिम अधिकारकर्मिहरुको भेलाबाट केयर ‛ह्युमन राइट’ घोषणा
  • काँचुली खबर

राज्यलाई जवाफ देहि बनाउनका लागि केयर फाउंडेशनले अधिकारका छेत्रमा लामो समय देखि काम गरिरहेका गरेको छ ।
राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हजरत अलि खानको अध्यक्षतामा नौ जनाको केन्द्रीय समिति गठन गरिएको छ ।
कार्यक्रममा प्रमुख अथिति मोहना अन्सारीले मुस्लिम समुदायले आफ्नो राजनैतिक समाजिक शैक्षिक आर्थिक मुद्दाको सवालमा एक हुन जरूरी रहेको बताइन । राजनैतिक पार्टीहरुले पिछडीएको मुस्लिम समुदायको नेतृत्वलाई स्थापित गर्न बिशेष पहल हुन आवश्यक रहेको ठहर गर्दै मुस्लिम अगुवाहरुलाई मुस्लिमको नाममा संचालन गरिएको संग़ठन सम्म मात्र सीमित नगरी हरेक पार्टीले संरक्षण सहित उच्च तह सम्म ल्याउनु पर्ने बताइन ।

राज्यको बिना लगानीमा शैक्षिक, आर्थिक लगायत विभिन्न क्षेत्रमा राष्ट्र निर्माणमा योगदान दिदै आएका मुस्लिम समुदाय गरीबी, अशिक्षा, गास बास जस्ता आधारभूत अधिकारलाई ब्यवस्थित गर्न सँघर्ष गर्दै आएको समुदाय भएको प्रवक्ता अन्सारीको भनाइ थियो ।
राज्यले ल्याई रहेको विभिन्न योजना, नीति नियम, सूचना बारे मुस्लिम समुदायलाई चौतर्फी रुपमा सूचित गराउने माध्यमको निर्माण गरेर मैन स्ट्रीममा ल्याउन सहज हुने सुझाव ब्यक्त गरिन ।
नेपाल निर्माणको बारेमा इतिहास लेख्ने इतिहासकार हरुले मुस्लिम समुदायको सही पहिचान, योगदान, बलिदान, नीति नियम निर्माण गरी राज्य ब्यवस्थालाई चुस्त दुरुस्त बनाउन सघाएको कुरा हरू लेख्न बाट पछि हटेकोले यो समुदायको इतिहासलाई पुनर्लेखन गर्न केयर फाउंडेशनलाई आह्वान गरिन ।
राजनैतिक समाजिक शैक्षिक क्षेत्रमा कार्यरत रहेका अगुवा बीच घोषणा भएको कार्यक्रममा मोहना अन्सारीले राजनैतिक र समाजिक मुद्दाको पहिचान गर्न अत्यंत जरूरी रहेको धारणा ब्यक्त गरिन ।


केयर ह्यूमन राइटको अध्यक्ष पदमा नियुक्त भएका हजरत अली खानले समुदायलाई राज्यले शैक्षिक राजनैतिक समाजिक तहमा उपलब्धि बिहीन अपहेलित शोषित निरन्तर बनाई अवस्थामा केयर ह्युमन राइटको घोषणा हुनु सम्पूर्ण मुस्लिम समुदायको लागि सौभाग्य भएको बताए ।
आफूहरुले ईमानदारी पूर्वक पीड़ित हरुको आवाज बुलन्द गरी मानवाधिकारको आभाष गराउन कुनै कसर बाकी नराखने बताए ।
सर्वसहमतिबाट चयन गरी घोषणा गरिएको कार्यसमितिमा प्रथम उपाध्यक्ष थर्ड एलायन्सका उप प्रादेशिक कार्यालय नेपालगंजका प्रमुख आलम खान र दोस्रो उपाध्यक्षमा मोहम्मद जलालुद्दीन मिया परे छन भने सचिवमा माजिद परवेजलाई नियुक्त गरिएको छ । त्यस्तै सदस्यहरुमा राजा हुसैन, सकीना बानू, मोहम्मद इरफान रजा, मोहम्मद अजीज, बी बी खराललाई चयन गरिएको छ ।
फाउंडेशनका अध्यक्ष अब्दुल मोबीन खानको सभापतित्वमा घोषणा भएको केयर ह्युमन राइटको कार्यक्रममा पूर्व मंत्री अकबाल शाह, पूर्व राज्य मंत्री जाकिर हुसैन, नेपाल डेभलपमेंट सोसाइटीका अध्यक्ष नज़रुल हसन फलाही, मुस्लिम इत्तिहाद संगठनका अध्यक्ष सेराज फारूकी, नेता ताज मोहम्मद मिया, पूर्व सीडीओ अब्दुल कलाम खान लगायत ब्यक्तिहरुले आफ्नो मन्तब्य राखेका थिए ।

  • ३१ असार २०७५, आईतवार ११:१७ प्रकाशित
  • Nabintech