१६ चैत्र २०८०, शुक्रबार
भक्तपुर समथलीका गाइपालन फार्म सञ्चालक ४ दिनदेखि वेपत्ता
  • काँचुली खबर

१० फागुन, काठमाडौं । भक्तपुरस्थित चागुनारायण नगरपालिका १ समथलीस्थित गाइपालन फार्म सञ्चालक ४ दिनदेखि वेपत्ता भएका छन् । कुबिर बहादुर बस्नेत नामका ती फार्म सञ्चालक ४ दिन (६ फागुन) देखि हराएको उनका भाइ माधब बस्नेतले जानकारी दिए ।

रामेछाप जिल्ला उमाकुण्ड गाउपालिका २, रोशी स्थायी घर भएका उनी गत शनिवार (फागुन ६) विहान समथलीकै १५ मिनेटको दूरीमा रहेको आफ्नो सालो (रमेश खड्का) को गाइगोठमा जान्छु भनेर हिडेका थिए । तर, बेलुकासम्म पनि घर नफर्केपछि खोजी गर्दा सालोको गाइगोठमा नै नपुगेको जानकारी भयो ।

त्यसपछि परिवार र आफन्तले खोजी कार्य जारी राखेका छन् । तर, अझै नभेटिएको रमेश खड्काले जानकारी दिए । ‘स्थानीय प्रहरीलाई खबर गरे पनि अझै अवस्था पत्ता लगाउन सकिएन’ उनले भने । आफन्तहरुले दैनिकजसो उनी जानसक्ने सम्भावित ठाउँहरुमा खोजी काम गरिरहे पनि भेटिएका छैनन् ।

उनलाई देख्नुहुने माहानुभावले सम्पर्क नम्बर ९८६०३३९९५२, ९८६१८८८१०९ वा ९८४१८९३३४६ मा सम्पर्क गरिदिन वा स्थानीय प्रहरीलाई खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

  • १० फाल्गुन २०७९, बुधबार ०९:१२ प्रकाशित
  • Nabintech